Monday, May 24, 2010

आफ्नो भन्न सकिएन


आफ्नो भन्न सकिएन, मुटु भित्र राखे पनि
टाढा हुन सकिएन, सयौ घुम्ती काटे पनि

हिजो सम्म साथ माग्दै, धर्ती र आकाश जोड्यौ
बिर्सिएर आज फेरी, पाइला अन्तै किन मोड्यौ?

मेरो भन्न सकिएन, कलेजी मै टासे पनि
आफ्नो भन्न सकिएन, मुटु भित्र राखे पनि

सधैं सधैं सम्झना भै आइरहने, रित भयो
बिहानी को मिर्मिरे मा झल्मलाउने, शित भयो

बिर्सिन नै सकिएन, पराइ नै भै गए पनि
टाढा हुन सकिएन, सयौ घुम्ती काटे पनि

आफ्नो भन्न सकिएन, मुटु भित्र राखे पनि
शब्द: शम्भु राइ

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites