Monday, May 24, 2010

मनका अनुभुतीहरु




किनार वारी भए म त , तिमी तरि गयौ
बिर्सी मलाई मुटु भित्र ,पराइ लाई राख्यौ

तर्दा तर्दै जंघार हरु, भंगालो मा परे
शिखर चढ्न खोज्दा, झनै तल तिर झरे

क्षितिज वारी भए म त , तिमी पारी गयौ
बिर्सी मलाई मुटु भित्र ,पराइ लाई राख्यौ

सम्झना का छाल् हरु, छाती भरी छल्की दिन्छ
बितेका ती याद हरु, घाऊ बनी बल्झिदिन्छ

भुइ को धुलो भए म त, तिमी फुल भयौ
बिर्सी मलाई मुटु भित्र ,पराइ लाई राख्यौ

किनार वारी भए म त............

 

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites