Monday, June 16, 2014

एउटा जिन्दगी

पर त्यो,
धुम्म,कालो, क्षितिज भेट्ने
अनगिन्ति अप्ठ्यारा बाटा अनि चौबाटाहरुमा
टुट्दै, फुट्दै,
लर्खरौदै, धन्मनौदै ,
गुड्दै छ,
एउटा जिन्दगी ।


निसास्सिएको एउटा जिन्दगी
जहाँ ,
हाँसो , हाँसो बनेर खुल्न सक्दैन,
खुशी, खुशी बनेर घुल्न सक्दैन ।


पिल्सिएको एउटा जिन्दगी
जहाँ,
चोट, चोट बनेर दुख्न सक्दैन,
पीडा, पीडा बनेर पोखिन सक्दैन ।


थिचिएको एउटा जिन्दगी
जहाँ,
आँसु, आँसु बनेर खस्न सक्दैन,
शब्द , शब्द बनेर झर्न सक्दैन ।


तैपनि कहिँ कतै
नफ़ुटेझैं , नटुटेझैं, नदुखेझैं 
गुड्दैछ हाँसोको लेप दलेर,
नाटकी एउटा जिन्दगी।

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites