Friday, December 25, 2009

रंग रंग थपि तिमीले इन्द्रणीको संसार दिनु
मेरो जिवन सजाइ तिमीले बसन्तको बहार दिनु
हिँड्दा हिँड्दै थाके भने तिमीले आड दिनु
कहि हरेश खाएँ भने तिमी मलाई आँट दिनु

सुस्ताए छु कतै भने हरपल तिमीले उत्साह थपिदिनु
जित्न खोज्दा हारे भने मिठो धुन बनिदिनु
संसार जित्न चाहने मान्छे उही हो भने चिनाइदिनु
रंग रंग थपि तिमीले इन्द्रणीको संसार दिनु

रंग रंग थपि तिमीले इन्द्रणीको संसार दिनु
मेरो जिवन सजाइ तिमीले बसन्तको बहार दिनु

1 comments:

those letter are beautiful, what language is that ?

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites