Thursday, May 13, 2010

माया




धर्ती चिरेर बिउ अन्कुराए झै अन्कुराउदैन माया
मौशमी याम मा खेत का गरा हरुमा बिउ छरे झै छरिदैन माया
त्यो त मन कै गराहरुमा उम्रिन्छ
मन कै उर्बर धरातल मा फुल्छ अनी फल्छ

यसको कुनै निश्चित आकार हुदैन
जसले जसरी अर्थ लाए पनि
यो आँफैमा अनन्त छ
निस्छल छ कोमल छ मायाको कुनै दोश हुदैन
बेदना र भेद पनि हुदैन एउटा मिठो समर्पन हुन्छ ,
जहाँ आस्था र बिश्वास हुन्छ

एउटा अनुभुती हो माया
जसलाई भोगे अनुसार को अर्थ दिन सकिन्छ
यसलाई जस्तो आक्रीती पनि दिन सकिन्छ
चाहे जस्तो अर्थ मा बुझ्न सकिन्छ
माया को एउटा रुप हुदैन
त्यो त मन बाटै रुप धारण गर्न सक्छ
यसको कुनै रंग हुदैन,
जुन्सुकै रंग पनि धारण गर्न सक्छ.

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites